काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ।
गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो। मंगलबार संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा स्थगित राष्ट्रिय सभा बैठक ४ साउन बिहीबार दिउँसो १:०१ बजे बस्नेगरी बोलाइएको उल्लेख छ ।




















