काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनभित्र विश्वास सिर्जना गरेर निरन्तरता दिने जिम्मेवारी कांग्रेको भएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा जारी कांग्रेस कार्यसमिति बैठकमा बोल्दै नेता लेखकले विभिन्न राजनीतिक दलहरू मिलेर बनेको गठबन्धन सरकारलाई स्थिर र स्थायित्व बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।
उनले अन्य प्रतिपक्षीलाई संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्ने बताए। सभाको प्रभावकारिता र सञ्चालनमा कांग्रेसको महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ ।



















