काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। पार्टी संगठनात्मक कामको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी मुख्यालय च्यासलमा बैठक बसेको हो ।
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल गरेपश्चात सचिवालय बैठक बोलाइएको हो । एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको फरक भूगोलमा कार्य विभाजन गरेर काम गरिरहेको छ । केन्द्रीय कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको हो ।



















