काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् ।
साथै उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
भेटमा लुका अन्य सदस्य तथा एमालेका तर्फबाट विष्णु रिमाल, डा. राजन भट्टराई र विमला पौडेलको सहभागिता थियो ।
लुले आजै नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग छुट्टाछुट्दै भेटवार्ता गरेका थिए ।




















