काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिएका छन् । उनले बुधबार निधन भएकी सीता दाहाललाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिएका हुन् ।
ट्वीट गर्दै उनले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन् ।
उपचारका क्रममा बुधबार बिहा ८:३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो ।




















