काठमाडौँ । नेकपा एकीकृत माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् –‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’
दाहालको आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो । अहिले उनको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन पार्टी कार्यालय पेरिसडाँडामा लगिएको छ भने दिउँसो २ वजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।




















