काठमाडौं । बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार योगराज पौडेल र नारायण दास मिश्र पक्राउ परेका हुन् । तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा पौडेल र खरिददार मिश्रलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
सीआइबी स्रोतका अनुसार यस प्रकरणमा केही पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न ४ सय ६ विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै मुलुकको उच्च पदमा रहेका व्यक्ति पनि समातिन थालेका हुन्। असार १२ यता ललिता निवास प्रकरणमा १५ जना पक्राउ परेका छन्। जसमा १२ हिरासतमा छन् भने ३ जना छुटेका छन् ।



















