काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक सुरू भएको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बैठक सुरू भएको हो।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा बसेको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विपल्व) सहभागी छन्।
त्यस्तै बैठकमा माओवादीका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलगायत नेताहरू सहभागी छन् ।




















