काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसंग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका ह्न ।
उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानविन गरि दोषी भए कारवाही गर्नुपर्ने उनले बताएका छन् । नेता आलेले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भएपनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका आलेले सरकारको कामकारवाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताएका छन् ।
पूर्वपर्यटनमन्त्री समेत रहनुभएका आलेले राज्यको सम्पती दोहन नहोस भनेर आफुले पशुपति जग्गाको बिषयमा आवाउ उठाएको बताएका छन् ।





















