कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बरमा चीनको भ्रमण गर्ने भएका छन् । यसबारे परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक रुपमा जानकारी दिएका हुन् ।
नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिए। प्रधानममन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ ।
यद्यपि, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रधानमन्त्रीको सचिवालय र चिनियाँ पक्षले हालसम्म कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएका छैनन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् ।



















