काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण इतिहासकै ठूलो अनुसन्धान भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी काण्ड इतिहासकै ठूलो उपलब्धि भएको दाबी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा सरकारले कानुनको सर्वोच्चता मात्र नभई लोकतन्त्रको सर्वोच्चता कायम गर्न सफल भएको बताए । उनले उच्च पदस्थहरु देशको व्यक्ति कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित भएको उल्लेख गरे ।
उनले सबैजसो आर्थिक सूचक सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिए । उनले विप्रेषण र पर्यटक नेपालमा बढ्दै गएको उल्लेख गरे ।



















