काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद र समितिका बैठकबाट तर्किनु राम्रो नभएको बताएका छन् ।
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द उनले यस्तो बताएका हुन् । उनले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताए । उनले समितिले दिएका निर्देशनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरुमा बढी हाबी हुने गरेको उल्लेख गरे ।
उनले सांसदहरु मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने उल्लेख गरे । उनले संसद र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको बताए ।



















