रुपन्देही । लुम्बिनी प्रदेश सभाको असार १० गते आईतबार बस्ने सभाको दोस्रो अधिबेशनको बाह्रौ बैठक स्थगित भएको छ ।
आर्थिक बर्ष ८०/८१ का बजेट माथीको छलफलको लागी आव्हान गरिएको बैठक स्थगित हुनुको प्रमुख कारण सत्ता पक्ष नै देखिन्छ । स्थानिय तह वित्त हस्तान्तरण तर्फको आयोजना तथा कार्यक्रम अर्थात शसर्त अनुदानमा सत्ता गठबन्धनको सहमति विपरीतको बजेट आएको भन्दै सत्ता पक्षभित्रै चर्को आलोचना सुरु भएको छ ।
भुगोल र जनसंख्याका आधारमा समान बजेट हुनुपर्नेमा मुख्यमन्त्री र अर्थमन्त्री केन्द्रित बजेट ल्याएको भन्दै बिरोध सुरु भएको छ ।




















