काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रीय समितिको बैठक बस्दैछ ।
आइतबारदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार आइतबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रीय समितिवाट मस्यौदा बिद्यान पारित गरे पछि विधान अधिवेसनमा प्रस्तुत हुनेछ ।
भोलिको बैठकमा केन्द्रीय कमिटीका ४१० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।
विधान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरि तयार पारिएको बिद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।



















