काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)को संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा बजेटप्रति पार्टीका सांसदहरूको असन्तुष्टिबारे छलफल हुने बताइएको छ ।
बजेटमा असमानता रहेको भन्दै जस्ताको तस्तै पास गर्न नसकिने नेताहरुले चेतावनी दिँदै आएका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि सुरुमा बजेटप्रति असन्तुष्टि जनाएका थिए तर पछि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सकारात्मक देखिएका छन् । तर पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसक्ने अडान राखेका छन् ।


















