काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
जेलबाट छुटेपछि देशका विभिन्न ठाउँमा पुगेका चौधरी पछिल्ला केहीदिनदेखि राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा लागेका छन् । उनले सोमबार बिहान ओली निवास बालकोटमा पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन ।
भेटवार्तामा दुवै नेताहरुबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ ।
जाडोको बेला जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए ।
यसअघि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।