काठमाडौं । नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन् ।
प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्टे«लिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका अध्यक्ष नेपालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालहरुको समस्या समाधान भएको प्रति उनीहरु उत्साहीत भएको बताएका छन् ।
उनले अष्टे«लियामा नेपालबाट नेपाली बिमान सिघै जानका लागि पहल भइरहेको जानकारी पाएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा आफु बाहिर रहँदा पनि प्रधानमन्त्री र नेताहरुसंग कुराकानी गरेको अव यस बिषयमा थप छलफल गर्ने उनले बताएका छन् ।
त्यस्तै उनले बजेटका बिषयमा आएका चर्चाका बिषयमा आफु जानकार रहेको भन्दै यस बिषयमा पनि प्रधानमन्त्रीसंग छलफल गर्ने बताएका छन् ।
सगरमाथाको आरोहणको ७० औं बर्ष दिवसको कार्यक्रम सहभागी भएर अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन ।