काठमाडौं । बझाङमा आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।