काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य प्रतिकुलताका कारण आजको संसद बैठकमा सहभागी हुन नसकेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले यस्तो जानकारी गराएका हुन् ।
सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच जनताका सबालजवाफको नयाँ प्रचलन सुरु गरेकोमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले खुशी व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने यसअघि आफू बताएको र स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने उनले बताएका छन् ।
उनले सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गरेको ठीक रहेको बताउँदै देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर नपुग्ने बताएका छन् । साथै उनले जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने उल्लेख गरेका छन् ।
उनले प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन् भन्दै शुभकामना दिएका छन् ।




















