काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिनिधिसभामा नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा उठाएको प्रश्नको जफा दिँदै भने, ‘ईपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धी विषयमा हामीले हाम्रो एक इन्च जमिन छाड्न सक्दैनौं । हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । नेपालका सबै राजनीति दल र सदन एकमत छौं ।’
नेपालको राष्ट्रिय हित, एकता र सार्वभौम अखण्डता र स्वाधीनतामा कुनै सम्झौता नगर्ने वताउँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणको तयारी थालिरहेको भएपनि अहिलेसम्म मिति तय नभएको बताएका छन् ।
उनले सीमा सम्बन्धि समस्या कुटनीतिक माध्यमबाट टुंग्याउने बताए ।



















