काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा १५ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्दै छन् ।
निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी दिउँसो १ बजे सुरु भएको वैठकमा विभिन्न दलका सांसदहरुले प्रचण्डलाई सरकारका विभिन्न काम र समसामयिक विषयमा प्रश्न गरेका छन् भने उनीहरुको प्रश्नको उत्तर प्रधानमन्त्रीले दिँदैछन् ।




















