काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक बस्नेलगायतका विषयमा छलफल भएको बताइएको छ ।



















