काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुने भएको छ ।
धुम्बाराही, काठमाडौंमा आजबाट सुरु भएर जेठ ३ गतेसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने भएको छ ।
वैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने छन् । त्यस्तै वैठकले आगामी कार्य योजना र कार्यदिशाका बारेमा आफ्नो धारणा बनाउने बताइएको छ ।