काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । आजबाट पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको वैठक तीन दिनसम्म चल्ने छ ।
वैशाख २६ मा बसेको सचिवालय बैठकले तय गरेका १० वटा एजेन्डामा छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।
बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।
यस्तै, बैठकमा पार्टीका नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि छलफल हुने बताइन्छ ।



















