काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरण अनुसन्धान अघि बढेकोमा खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणीप्रति इंगित गर्दै ओलीले फिल्म चाडै हेर्न पाइने अपेक्षा गरेको बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले बहुदलीय व्यवस्था आएदेखि नै २०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिन गर्न माग गरेको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।
ओलीले भ्रष्टाचार नियन्त्रण गरौँ भनेर आफू लड्दै आएको बताउँदै अहिले अघि बढेको अनुसन्धनप्रति खुशी व्यक्त गरेका छन् ।



















