काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार खाणलाई बुधवार बिहान पक्राउ गरिएको हो । भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको बुझिएको छ ।
दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार चाबहिलस्थित उनकै निवासबाट खाँणलाई पक्राउ गरिएको हो । अहिले उनलाई अपराध महाशाखा बानेश्वर लगिँने र त्यहाँ सामान्य सोधपुछ पछि काठमाडौं प्रहरी परिसर ल्याइने बताइएको छ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो । गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो ।
























