काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष ती नेताहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको भोलिपल्ट प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको भेटवार्ता भइरहेको हो ।
टीआरसी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र नागरिकता विधेयकहरूको बारेमा पनि छलफल हुने बताइएको छ ।




















