तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा बुधबार बिहान ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बन्दीपुर-१ का १२ वर्षीया आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
ना ४ ख १९७३ नम्बरको ट्रकले सडकछेउ रहेको घरमा ठक्कर दिँदा घरभित्र रहेका र बाहिर बसिरहेका गरी ८ जना घाइते भएका थिए। घाइतेमध्ये ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।