तनहुँ । वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको कार तोड्फोड भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार शुक्रबार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको बताइएको छ ।
चैत २७ गते चितवनदेखि तनहुँ पुगेका वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा खटिँदै आएका थिए ।
वाग्लेका ठूलीआमाका छोरा अञ्जित अर्यालले चलाउँदै आएको सो कार बिहीबार बेलुका दमैली बजारमा रहेको मालपोत कार्यालय अगाडिको सन्तोष होटलमा पार्किङ गरेर सोही होटलमा सुतेका थिए । बिहान होटलका कर्मचारीले कार तोड्फोड भएको जानकारी दिएको अर्यालले बताएका छन् ।
होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँतर्फको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले बताएका छन् । वाग्लेकी आमा दीलकमारी खनालको नाममा रहेको सो कार तोडफोड घटनाको बारेमा अनुसन्धान भइरहेको इस्पेक्टर विकले बताएका छन् ।