काठमाडौं । नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केही आशा गर्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै आचार्यले सरकारलाई पूर्णता दिन कति वर्ष लाग्छ भन्दै समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केही आशा गर्न नसक्ने बताएका हुन ।
उनले संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै नभएको भन्दै सरकारले आफ्ना कार्ययोजनाहरु प्रष्ट रुपमा राख्नुपर्ने बताएका छन् । उनले सरकारले आफ्नो जवाफदेहीता संसदप्रति देखाउनुपर्ने भएकाले आफुखुसी हिड्ने छुट कसैलाई नरहेको जिकिर गरेका छन् ।
उनले मुलुकको व्यवस्थालाई उल्टाउने प्रयास भएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारमा बसेका व्यक्तिहरुले जनताको आशा पूरा गर्न नसके मात्रै उपलव्धी गुम्ने खतरा हुने धारणा राखेका छन् ।
उनले संघ सरकारको कामका कारण प्रदेश सरकार अपांग जस्तो भएको बताएका छन् ।