काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु हुने भएको छ ।
आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउनु हुनेछ ।
जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बन्नु भएका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।