काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।
संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।
यादवलाई नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ गठबन्धनको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, लोसपा र नाउपाको समर्थन छ । शाक्यलाई भने एमालेबाहेकको कसैले पनि समर्थन गर्ने भनेका छैनन् । तर रास्वपाले यादवलाई भोट नहाल्ने बताएको शाक्यलाई भोट दिने सम्भावना छ । राप्रपाले कसैलाई पनि भोट नहाल्ने स्रोतले बताएको छ ।
प्रमीला कुमारीले यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छिन् । तर उम्मेदवारी फिर्ता लिने समय कटेपछि फिर्ता लिएको घोषणा गरेकाले मतपत्रमा उनको नाम र फोटो छ । यद्यपि उनले यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छन् ।
संघीय संसद्का सदस्यका लागि नमुना मतपत्र

प्रदेश सभा सदस्यका लागि नमुना मतपत्र





















