काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच बर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच बर्षसम्म संसदलाई बिघटित नहुनेगरि गठबन्धन दलहरु जनताको अपेक्षा पुरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले मुलुकलाई स्थीरता राखेर नै मुलुकको बिकासको आकांक्षा पूरा हुने जिकिर गरेका छन् ।
अहिले राजनीतिमा देखिएका बितृष्णा, अर्थतन्त्रका समस्याहरु, व्यवसायीहरुको पिडा लगाएत मुलुकमा देखिएका नकारात्मक संकेतहरुलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए । महामन्त्री शर्माले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको दावी गरेका छन् ।
महामन्त्री शर्माले अव मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रण तर्फ ध्यान केन्द्रति गर्नुपर्ने बताएका छन् ।