काठमाडौं । नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा नियुक्त गरेको स्रोतको दावी छ ।
पूर्वस्वास्थ्य मन्त्री गिरी पर्वतबाट निर्वाचित सांसद हुन भने बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन । नेताका नेता ओलीले संसदीय गतिविधिमा महत्वपूर्णा भूमिका हुने दुवै पदमा युवाहरुलाई चयन गरेका छन् ।
प्रमुख सचेतक नहुँदा एमालेको संसदीय फाँटको नेतृत्व संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गर्दै आएका थिए ।



















