काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् । उम्मेदवार नेम्वाङसहित रास्वपा कार्यायल वसुन्धारा पुगेका एमाले नेताहरुले सभापति रवि लामिछानेलगायतका नेताहरुसँग राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्नुका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।
छलफलमा एमालेबाट उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी भए भने रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन् ।
एमालेका नेताहरु यसअघि नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिए भने अब राप्रपाको कार्यालयमा पुगेर भोट माग्ने कार्यक्रम रहेको छ ।



















