काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने रणनीति तय गर्न पनि आजको वैठक बोलाइएको बताइएको छ ।
वैठकमा मन्त्रिपरिषद्बाट स्वीकृत परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा पनि छलफल हुने भएको छ ।