काठमाडौं । निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।
प्रतिनिधिसभाका तत्कालिन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आह्वान गरेको हो । आयोगका अनुसार १० फागुनदेखि १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।
‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सूचनामा भनिएको छ ।




















