काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नभएका जनसंगठनका सम्मेलनहरु दुई महिनाभित्र गर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचिन नयाँ नेतृत्वलाई सपथ गराउँदै अध्यक्ष ओलीले चैत्रभित्रै सवै जनसंगठनहरुको सम्मेलन गर्ने र त्यसको सुरुवात अनेरास्ववियुबाट भएको बताएका छन् । उनले सम्मेलनहरु अनेरास्ववियु जस्तै लोकतान्त्रिक ढंगले अन्य संगठनको पनि महाधिवेशन हुने धारणा राखेका छन् ।
त्यस्तै ओलीले स्ववियु निर्वाचनमा एमालेको संगठनसंग टिक्न नसकेर जन्म भएको नेविसंघलाई पराजित गर्नेगरि तयारी गर्न निर्देशन दिएका छन् । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पसमा अनेरास्ववियुलाई बिजयी गराउने गरि तयारी गर्न पनि उनले निर्देशन दिएका हुन ।
झण्डै सात बर्षपछि भएको अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । त्यस्तै संगठनको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् ।





















