काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव क्वात्राबीच नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको छ ।
सोमबारै बिहान काठमाडौं आइपुगेका सचिव क्वात्रा प्रधानमन्त्री दाहालसँगको शिष्टाचार भेटवार्ताको लागि बालुवाटार पुगेका थिए ।
भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




















