काठमाडौं । नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन् ।
जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अव सडकबाट खुल्ला रुपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापीत गर्ने बताएका छन् । नयाँ प्रकारको जनयुद्धबाटै नयाँ समाज स्थापीत गर्ने उनले बताए ।
उनले मुलुकलाई परिवर्तन गर्नका लागि क्रान्तिकारीबीच एकताको अभियान चलाएको जानकारी दिएका छन् । बास्तोलाले अव नेपालको कम्युनिष्ट आन्दोलनमा टुटफुटको श्रृखलालाई अन्त्य गर्दै कम्युनिष्ट ध्रुविकरणको वातावरण बन्दै गएको धारणा राखेका छन् ।
अहिले प्रचण्ड बाबुराम लगायतका नेताहरुमा देखिएको समस्याका कारण माओवादप्रति प्रश्न उठ्ने गरेपनि अहिले पनि माओवाद जिवित रहेको उनले बताएका छन् ।
कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पार्टी भित्र मुलुक रुपान्तरणको नयाँ बिचारको थालनी भइसकेको भन्दै यसलाई निष्कर्षमा पुर्याउने बताए ।



















