काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो ।
उनले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए । उपाध्यक्ष नेम्वाङले पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।




















