काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनवाइ हुने भएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएका थिए ।
सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको थियो ।
यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए । आजका लागि पहिलो पेशी तोकिएको छ ।



















