काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन् ।
शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेलगायतको सहभागिता थियो ।
अर्याल सोमबार निर्विरोध निर्वाचित भएकी थिइन् ।



















