काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारलेको काम नै आफ्नो खेदो खन्नुपर्ने रहेको आरोप लगाएका छन् ।
केन्द्रीय कार्यालयमा आइतबार सरकारबाट बाहिरिने बैठकबाट गरेको निर्णय सुनाउँदै लामिछानेले चार वर्ष अगाडि आफैंले बोलेको कुरालाई उचालेर मिडियाले आफ्नोबारे जथाभावी लेखेको आरोप लगाए ।
उनले मिडियाका मालिक र १२ भाइ सम्पादकको काम नै आफूलाई खेद्ने काम भएको बताए । उनले भने, ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे ।’
लामिछानेले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिए ।
उनले देश चलाउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौति समेत दिए । उनले भने– ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ? कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’ उनले पाँच वर्षदेखि आफूलाई लखेटेको लखेटै गरेको बताए ।