काठमाडौं । सभामुख देवराज घिमिरेले संसदलाई जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यहरुका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरुको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायि बनाउनुपर्ने बताएका हुन ।
नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट प्रभावकारी काम खोजिरहेको भन्दै उनले छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका खेल्नुपर्ने बताएका छन् । उनले सवै मिलेर संसदका सवै अधिवेशनहरुलाई व्यवस्थित गर्नुपर्ने र सांसदहरुले पनि यसमा झन बढि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् ।
संघीय संसद सचिवालयले आयोजना गरेको अभिमूखीकरण कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।



















