बागलुङ । बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त गंगा बहादुर थापाले जानकारी दिए । उनकाे शरीरकाे अनुहार लगायत विभिन्न अंगमा जलेको थापाले बताए ।
जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचारपछि पोखरा रेफर गर्न लागिएकोे सूचना अधिकारी थापाको भनाई छ । उनको अवस्था गम्भीर छ ।
























