काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन् ।
शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरुलाई आग्रह गरेका हुन् ।
उनले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पारे । महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाने हो भने ठूलो संकटमा पर्ने बताए । संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको बताए ।
एक फरक प्रसंगमा महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्ने कुरा अदालतले फैसला गर्ने बताए ।




















