काठमाडौं । राष्ट्रियसभाले एक वर्षपछि उपाध्यक्ष पाउने भएको छ । उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई निर्वाचन कार्यतालिका प्रकाशित गर्न निर्देशन दिएका हुन् । यसअघि २०७८ फागुन २० गते उपाध्यक्ष शशिकला दाहालको पदावधि सकिएको थियो ।




















