काठमाडौं । पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारवाही लगाएतका बिषयमा धारणा तय गर्न नेकपा माओवादी केन्दको स्थायी कमिटी बैठक बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकको पहिलो दिन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र सरकारको कामको बारेमा जानकारी गराएको बताइएको छ ।
बैठकमा प्रचण्डको प्रतिवेदन, पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रचण्डलाई बधाई, नेता बर्षमान पुनको स्वास्थ्य लाभको कामना, यति बिमान दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जी अर्पण गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
बैठकमा सरकार बन्नुपूर्वको गठबन्धनको स्थिति, नयाँ गठबन्धनको अवस्था र राजनीतिक घटना क्रममा बारेमा प्रचण्डले बिफ्रिङ गरेको र शुक्रबार एजेण्डागत रुपमा छलफल हुने प्रवक्ता महराले बताएका छन् ।
त्यस्तै बैठकपछि सचिव देवेन्द्र पौडेलले सबैमा राष्ट्रपतिमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न कोशिस हुने बताएका छन् । संविधानको रक्षा, मिश्रित बनावटको संसद त्यसलाई पाँच वर्षसम्म सकुशल लैजान राष्ट्रिय सहमतिको आधारमा अघि बढौं भन्नेमा माओवादीको जोड रहेको उनले बताएका छन् ।
माओवादीको स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।



















