काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा भर्खरै सुरु भएको बैठकमा समसामयिक र राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ ।
यसैगरी पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल हुने बताइएको छ । साथै बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिका बारेमा छलफल हुने बताइएको छ ।




















